कारोबार


निगमले दिल्ली उडान सातामा १४ बाट २१ पुर्‍याउने

निगमले दिल्ली उडान सातामा १४ बाट २१ पुर्‍याउने

नेपालखबर
असार ९, २०७६ सोमबार १३:३३,

 राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विमानको व्यावसायिक अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजाने बताएको छ। निगमका अनुसार दिल्लीका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ उडान पुर्याउने योजनाअनुसार काम अघि बढाइएको छ।

हाल दिल्लीका लागि प्रतिहप्ता ११ उडान रहेकोमा हाल १४ पुर्‍याइएको छ। हप्ताको १४ उडानमध्ये ७ उडान न्यारोवडीमार्फत र ७ उडान वाइडबडीमार्फत गरिएको छ। यस्तै युनाइटेड अरबइमिरेट्सको दुवईमा प्रतिहप्ता ३ उडान गरिदै आएकोमा एक थप गरी ४ वटा बढाउने बताइएको छ। वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटलाइ असार मसान्तभित्र तालिम दिएर वाई १२ ई जहाज सञ्चालनमा ल्याउने निगमले जनाएको छ। साथै दुई वर्षदेखि रोकिएको को–पाइलटहरुको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने काम भइरहेको जनाएको छ।

बाँकी तीन जनाको तालिम समेत सञ्चालन भइरहेको छ र सो तालिम आगामी साउन मसान्तभित्र सम्पन्न गरिने जनाएको छ। न्यारोबडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भए पछि न्यारोबडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडबडीमा समेत नेपाली जनशक्ति तयार गरिरहेको छ। लोकसेवा आयोगमार्फत आवेदन माग गरी नियुक्तिसम्वन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताएको छ।

अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मत संभार कार्य जुलाई महिनादेखि स्वयंम नेवानिका इन्जिनियरहरुबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ। जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रुपैयासम्म बचत हुने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad