कारोबार


दाहुवाको दशैं अफर : ‘सीसीटीभी तथा सामग्रीहरू किन्नुस्, दुबई घुम्ने मौका जित्नुस्’

दाहुवाको दशैं अफर : ‘सीसीटीभी तथा सामग्रीहरू किन्नुस्, दुबई घुम्ने मौका जित्नुस्’

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १९:३८, काठमाडौँ

नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा वितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर ‘दुबई घुमौं यसपालीको दशैं तिहार’ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो।

कम्पनीले कुनैपनि ग्राहकहरुले रु.१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन्। योजना यही २०७९ भदौ ९ गतेदेखि २०७९ असोज ३१ गतेसम्म खरिद गरिएका दाहुवाका सामग्रीहरुमा मात्र लागू हुनेछ।

यस बाहेक बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर नै खरिद गरौं ‘दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा’ अफर समेत ल्याएको छ।  

यसअफर अन्तरगत कम्पनीले रु.३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाइनेछ।

यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ।

‘खरिद गरौं दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा’ अफर अन्तरगतको योजना यहि २०७९ भदौ १७ गतेदेखि २०७९ मंसिर १४ गतेसम्म मात्र लागू हुनेछ।

दुवै अफर अन्तरगतका सम्पूर्ण शर्त तथा नियमहरु बिध म्यानेजमेन्ट प्रालिमा निहित हुनेछ भने दुबई भ्रमणको तालिका समयानुकूल तय गरिने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad