ad ad

कारोबार


फरक तलबमानको विरोध : अर्थ मन्त्रालयमा कर्मचारीको धर्ना (तस्बिरहरु)

फरक तलबमानको विरोध : अर्थ मन्त्रालयमा कर्मचारीको धर्ना (तस्बिरहरु)

नेपालखबर
साउन २३, २०७९ सोमबार १४:६, काठमाडौँ

सरकारले बजेटमा उल्लेख भएभन्दा भिन्न तलबमान सार्वजनिक गरेपछि कर्मचारी संगठन आन्दोलित भएका छन्। 

अर्थ मन्त्रालयले बजेटमा भएभन्दा फरक तलबमान सार्वजनिक गरेको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि ११ बजेदेखि धर्ना थालेका हुन्। 

खासगरी अधिकृत स्तरभन्दा तलका सरकारी कर्मचारी आन्दोलित भएका छन्। नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो। 

संगठनले सोमबार प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ र फरक-फरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ।

अर्थ मन्त्रालयका राजस्व सचिवको दस्तखत रहेको तलबमानमा उल्लिखित राजपत्रांकित पदहरूमा गरिएको तलब वृद्धिको समान अनुपातमा (प्रतिशतमा) र आधारमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरूको तलब वृद्धि गर्न नेपाल सरकार अर्थ मन्त्रालयसँग संगठनले माग गरेको छ।  

तस्बिरहरु : सन्तोष घिमिरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .