कारोबार


सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड, पहिलेभन्दा केही खुकुलो नीति

सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड, पहिलेभन्दा केही खुकुलो नीति

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

सेयर धितो कर्जा अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै केही खुकुलो नीति ल्याएको हो। 

योसँगै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा वा सबै वित्तीय संस्थाबाट कर्जा लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको हो। 

यसपटक न्यूनतम सीमा हटाइएको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।

उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए।

मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। 

सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिनसम्बन्धी व्यवस्था हटाइने गभर्नर अधिकारीले बताए।

योसँगै अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ।

मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने  व्यवस्था खारेज समेत गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad