ad ad

कारोबार


नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द (सूचनासहित)

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द (सूचनासहित)

नेपालखबर
असार १४, २०७९ मंगलबार ९:२०, काठमाडौँ

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोक सेवा आयोगले लिएका लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको छ। 

निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो। 

निगमका अनुसार सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगले गत जेठ २६ गते गरेको निर्णयबमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको जानकारी दिएको हो। 

यस्तै आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित विज्ञापनमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमले जनाएको छ। 

हेर्नुहोस् सूचना–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .