कारोबार


ह्वात्तै बढ्यो सेयरबजार, ४ दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट

ह्वात्तै बढ्यो सेयरबजार, ४ दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेपालखबर
असार १२, २०७९ आइतबार १५:९, काठमाडौँ

सेयरबजारमा आज उछाल आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९४.९२ अंकले अर्थात् ५.१० प्रतिशतले बढेको हो। 

योसँगै नेप्से १९५६.९८ विन्दुमा फर्किएको छ। लगातार घटिरहेको सेयरबजार साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढेको हो। 

सेन्सिटिभ सूचक पनि १७.९३ अंकले बढेको छ। दिनभरिमा २ सय ३० कम्पनीको कारोबारमा ६३ लाख कित्ता सेयर बिक्री भएका छन्। 

४४ हजार पटकको खरिदबिक्रीसँगै २ अर्ब १९ करोड ६१ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

आज व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन्। 

चार दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज लगानीकर्ताहरुले २.१६ प्रतिशतसम्म मात्रै गुमाएका छन्। कुमारी बैंकको सर्वाधिक ८ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .