ad ad

कारोबार


धरान उपमहानगरको बजेट अन्योलमा, उपमेयर कोषमा ८० लाख राखेपछि विवाद

धरान उपमहानगरको बजेट अन्योलमा, उपमेयर कोषमा ८० लाख राखेपछि विवाद

सुमन पुरी
असार ९, २०७९ बिहिबार २०:३६, विराटनगर

धरान उप महानगरपालिकामा शुक्रबार ल्याउन लागिएको बजेट अन्योलमा परेको छ। विवादका कारण बिहीबारको कार्यपालिका बैठक स्थगित भएपछि भोलि आउन लागेको बजेट अन्योलमा परेको हो। 

आज ढिला गरी सुरु भएको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पास भएको छ। आर्थिक विधेयक पास भएपछि सुरु भएको विनियोजन विधेयक माथिको छलफल भने अगाडि बढ्न सकेन।

विनियोजन विधेयकको छलफलमा मेयरले एक करोड २० लाख र उपमेयरले ८० लाख रुपैयाँ व्यक्तिगत कोषमा राखेको भन्दै विरोध भएको थियो।

एमालेबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरुले उपमेयरले नीति विपरित व्यक्तिगत रुपमा कोषमा पैसा राखेको भन्दै विरोध गरेपछि कार्यपालिकाको बैठक स्थागित भएको हो।

धरान उप महानगरपालिकामा मेयर कोषमा एक करोड २० लाख र उपमेयर कोषमा ८० लाख रुपैयाँ राखिएको छ। 

नीति अनुसार एक करोड रुपैयाँसम्म मेयरले कोषमा राख्न पाउने भएपनि उपमेयरले भने व्यक्तिगत कोषमा पैसा राख्ने प्रावधान नभएकाले विरोध गरेको एक कार्यपालिका सदस्यले बताए।

धरान उप महानगरको आगामी बजेट एक अर्ब ६८ करोडको प्रस्ताव गरी शुक्रबारै पास गर्न तयारी भएको थियो। तर, एमालेको विरोधका कारण विनियोजन विधेयक पास हुन नसकेपछि बजेट अन्योलमा परेको छ। 

धरान उप महानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले सबैको सहमतिमा बजेट पास हुने बताए। उनले साथीहरुले किन विरोध गरे भनेर अहिले नै छलफल भइ नसकेको बताए।

उनले विरोध भए पनि एक दुई दिनमै बजेट पास हुने बताए। शुक्रबार बजेट नआए पनि नीति तथा कार्यक्रम भने आउने उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .