ad ad

कारोबार


आईएमई पेबाट उडान टिकट खरिद गरे क्यासब्याकसँगै ३ सय रुपैयाँ छुट पाइने

आईएमई पेबाट उडान टिकट खरिद गरे क्यासब्याकसँगै ३ सय रुपैयाँ छुट पाइने

नेपालखबर
असार ९, २०७९ बिहिबार १५:१५, काठमाडौँ

आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पेले हवाइ उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ। 

कम्पनीले ‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफर ल्याएको हो। 

यसमार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ देखि ४ बजेसम्म आईएमई पे एपबाट हवाइ उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पनि पाइने कम्पनीले जनाएको छ।  

‘साधारणतया अरु वालेट एपहरुभन्दा बढी क्यासब्याक दिइरहेको आईएमई पे एपले यस अफर अवधिभरि हप्ताको २ दिन (मंगलबार र शनिबार) केवल १ घण्टाको लागि सो अफरमार्फत थप ३ सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गरिनेछ’, कम्पनीले भनेको छ। 

असार ७ देखि सुरु भएको यो अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाइ उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .