कारोबार


नबिलबाट विदा भए अनिल शाह, कामु सीईओ बने सुजित कुमार शाक्य

नबिलबाट विदा भए अनिल शाह, कामु सीईओ बने सुजित कुमार शाक्य

नेपालखबर
असार ७, २०७९ मंगलबार १६:३६, काठमाडौँ

नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृतको आफ्नो कार्यकाल पूरा गरी अनिलकेशरी शाह विदा भएका छन्। 

बैंकका अनुसार शाहको कार्यकाल यही असार ६ गते अर्थात् मंगलबार पूरा भएको हो। सोही दिन बसेको बैंकको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई कामु सीईओमा नियुक्त गरेको छ। 

बैंकले आजदेखि लागू हुने गरी शाक्यलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको जनाएको छ। 

को हुन् शाक्य? 
कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी पाएका  सुजित कुमार शाक्य बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए। 

शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट, लखनऊ, यूपी, भारतबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा गरेका छन्। उनीसाग नेपालका विभिन्न बैंकहरू नेपाल श्रीलंका मर्चेन्ट बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, बैंक अफ एशिया नेपाल लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड गरि २३ वर्षको काम गरेको अनुभव छ।  

हाल नबिल बैंकको व्यवस्थापनमा शाहपछि दोस्रो पदमा कार्यरत थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .