कारोबार


हुवावेका उत्पादनहरूमा शतप्रतिशत पैसा फिर्ता ‘ग्यारेन्टी’

हुवावेका उत्पादनहरूमा शतप्रतिशत पैसा फिर्ता ‘ग्यारेन्टी’

नेपालखबर
असार ८, २०७६ आइतबार १२:४१,

नेपालका लागि हुवावे स्मार्टफोनको वितरकले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउने बताएको छ।

यो प्रत्याभूतिले हुवावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ। यसले ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराउँछ । ह्वावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक हो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक हो।

हुवावेका स्मार्टफोनहरू बलियो, टिकाउ र गुणस्तरीय हुने भएकाले कम्पनीले आफ्ना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट आफ्टर–सेल्स अर्थात् बिक्री पश्चात् सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । सबैभन्दा सफल स्मार्टफोन उत्पादक ह्वावेले यसको अद्वितीय प्रविधि र अद्भूत विशेषताहरूका कारण केही वर्षयता नेपाली बजारमा व्यापक लोकप्रियता हासिल गरेको छ ।  यो सेवा ह्वावेका आधिकारिक च्यानल पार्टनहरूमार्फत् बिक्री हुने ह्वावे स्मार्टफोनहरू र ट्याब्लेटहरूमा लागू हुनेछ ।

huawei

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .