कारोबार


१२ दिनपछि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी

१२ दिनपछि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी

१२ दिनपछि बुधबार राष्ट्र बैंकमा गभर्नर अधिकारी


नेपालखबर
बैशाख ७, २०७९ बुधबार १२:३९, काठमाडौँ

१२ दिनको विश्रामपछि आज गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंक फर्किएका छन्। 

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई  चैत २५ गते निलम्बन गरेको  थियो। तर त्यसविरुद्ध उनले रिट निवेदन दिएपछि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत फर्काएको हाे। अदालतले सरकारलाई तत्कालका लागि कारबाही नगर्नु भनेर अल्पकालीन अन्तरिम आदेश दिएको हाे। 

मंगलबारको उक्त आदेशपछि आज गभर्नर अधिकारी नियमित काममा फर्किएका हुन्। 

गभर्नर अधिकारीले काम गर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका छन्। सञ्चाचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्रीसँग समेत सहकार्य गर्न सहज हुने बताए।  

उनी फर्किएपछि सरकारलाई काम कारबाहीमा सहयोग वा असहयोग कस्तो होला यो कौतुहल छ। 

पछिल्लो समय अर्थतन्त्र संकटको अवस्थामा गएको र अर्थनीति र वित्तीय नीतिमा समन्वय हुन नसकेको  विषय उठान भइरहेको थियो। विशेष गरी अर्थमन्त्री र गर्भनरकाे बीचमा आवश्यक समन्वय हुन नसकको विषय बाहिर आइरहेको थियो। 

विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयमार्फत दिएको निर्देशन कार्यान्वयनमा भूमिका नखेलेको तथा उक्त सूचना पहिले नै चुहाएको आरोप लगाउँदै सरकार पक्षले उनलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad