अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरको निलम्बन नियमअनुसार नै गरिएको बताएका छन्।
अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नरबारे छानबिन भइरहेको र किन निलम्बन गरिएको हो भन्ने कुरा छानबिन रिपोर्टले दिने बताएका हुन्।
‘गभर्नरको निलम्बन नियमअनुसार नै हो। छानबिन हुँदै छ’, उनले भने, ‘गभर्नरको निलम्बन किन गरियो भन्ने कुराको उत्तर छानबिनको रिपोर्टले देखाउँछ।’
अर्थतन्त्र बिग्रियो भनेर प्रचारबाजी भइरहेको उनले बताए।
42
Shares

प्रतिक्रिया