कारोबार


‘कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन’

‘कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन’

नेपालखबर
चैत २५, २०७८ शुक्रबार १३:२३, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले कतिपय व्यक्तिहरु नेपाललाई श्रीलंकाको अवस्थामा लैजान लागिपरेको दाबी गरेका छन्। 

शुक्रबार राष्ट्र बैंकको एक कार्यक्रममा उनले देशको वर्तमान अर्थतन्त्रबारे धारणा राख्ने क्रममा यस्तो बताएका हुन्। 

प्रस्तुत छ मन्त्री शर्माकै शब्दमा उनले राखेको धारणाको अंशः 

हामीले केही समय एलसी नखोल्ने भनेका छौँ। मैले भनेको छु– १० देखि १५ दिनयता तिनले एलसी खोले मलाई रेकर्ड चाहिन्छ । यो छलफल भएको १५ दिन भएको छ । एलसी कतिले खोले यो निजी क्षेत्रलाई पनि साथमा लिएर सरकारले गर्ने हो।

कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने। तिनको सपना पूरा हुँदैन । नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुरालाई हेर्नुस् । हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस् । ऋण सहायताको कुरालाई हामीले हेरौं भने त्यहाँ तुलना हुने कुरा नै छैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने एक थरिहरुले गरिरहेका छन् । त्यो गलत छ । त्यसको खण्डन गर्नुपर्छ। अर्थतन्त्रमा समस्याहरु छ हामीले पनि भनिरहेका छौं। बदल्नुपर्छ तरिका भनेका छौं । 

चिन्ता व्यक्त गर्नेहरु जो छ उनीहरुलाई सलाम गर्नुपर्छ । दुईवटा छन् यहाँ चिन्ता गर्नेहरु। त्यस कारणले नेपाल श्रीलंका हुन सक्दैन।  श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु। यस्तो प्रचारको अन्त्य गरौँ हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु के–के हुन् त्यसमा बहस गरौँ। आवश्यकता आज यो हो । अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ। योभन्दा तल नझरोस् भनेर हामी सतर्क हुनुपर्छ। 

किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले छुट दियौँ धेरै, हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गर्यौँ। हाम्रो गल्ति त्यहाँ भएको छ । हाम्रा आलुहरु दूरदराजमा त्यतिकै फालिएका छन्। तिनीहरुलाई बजारमा पु¥याउने सोच बनाएनौँ। त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौँ। त्यस कारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौँ। हाम्रो उत्पादन भएको प्याजलाई राख्ने स्टोर बनाउन सकेनौँ। 

दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौँ। यहाँ छ कुरा। हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हामीले नीतिमा कतै कमजोरी भयो। अनुदान कहाँ गयो। त्यसले किन उत्पादन वृद्धि गरेन। हाम्रो नीतिमा कतै गडबडी भयो। कार्यान्वयन क्षेत्रमा समस्या आयो । नीतिको दुरुपयोग भयो वा भष्टाचार भयो । खोज्नुपर्ने यहाँ छ । हामीले हिजो भएका कपडा अन्य उद्योगहरु बन्द गर्यौँ। आज बाहिरबाट ल्याएर लगाइरहेका छौँ।

नेपालको अहिले आर्थिक अवूस्थाको बारेमा विभिन्न ढङगले छलफल र बहसहरु गरिरहेका छौँ। अर्थतन्त्र राजनीति, महामारी, विश्व परिस्थिति, हाम्रो आफ्नो क्रियाशीलता उत्पादन क्षमतासहितको विश्व परिस्थितिसँग पनि जोडिएको हुन्छ। यो कुनै एउटा स्वायत्तता क्षेत्र मात्रै होइन । कोरोना महामारीको लहरसँगै सुस्ताएको विश्व अर्थतन्त्र संकटग्रस्त नै भएको अवस्थामा अहिले त्यसबाट बाहिर निस्किन नपाउँदै फेरि विश्वमा देखिएको नयाँ परिस्थिति विश्वमा भइरहेको ध्रुवीकरण रुस र युक्रेन भएको युद्ध भएको छ। त्यसले पारेको प्रभाव युद्ध मात्रै नभएर त्यहाँको युद्ध स्रोत केन्द्रित रहेको छ । स्रोतहरुमा युद्धको कारणले पारेको प्रभावहरुमा आज हामीलाई पनि असर गरेको छ। 

अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने कुरामा जानुप¥यो। के कारणले समस्या प¥यो पेट्रोलियम पदार्थ तेल बढी आयात गरेर, विलासिताका वस्तुहरु बढी आयात गरेर, आवश्यकताभन्दा बढी गाडीहरु आयात गरेर। त्यो गाडी मात्रै आयात गरेनौँ कि गाडी आयात गर्दै यति आयातको पेश्की छाड्यौं कि थप त्योभन्दा बढी आयात पेट्रोलियम पदार्थ गर्नुपर्ने अवस्थाबाट सुरु भएको छ। त्यसकारणले हामीले आफ्नो स्रोत साधनको उपयोग कसरी गर्ने भन्ने आएको छ । त्यसको सदुपयोग पहिला सुशासनबाट हुन्छ । पारदर्शिताबाट सुरु हुन्छ । आफ्ना जिम्मेवारीबाट सुरु हुन्छ । यस्ता कुराले पनि अर्थतन्त्रमा प्रभाव पार्छ । हाम्रा स्रोत साधनको भरपूर प्रयोग गर्ने हो।

प्रविधिको विकास भइराख्छ । प्रविधिको विकासले आउने चुनौतीबाट हामीले डराउने होइन । प्रविधिको विकास हुन्छ । त्यसले मानव सभ्यतालाई, समाजलाई सकारात्मक प्रभाव दिन्छ । जहाँ सकारात्मक कुरा हुन्छ त्यहाँ थप सकारात्मक कुरा सँगसँगै आउँछ। पछिल्लो समय प्रविधिको विकासले विश्व डिजिटलाइज बन्दै छ । यसले एउटा सकारत्मक प्रभाव ल्यायो । सँगै नकारात्मक कुराहरु पनि ल्याएको छ । हाम्रो अर्थतन्त्रमा त्यस्ता समस्याहरु पनि थपिए । मैले पाँच महिना अगाडि यस्तो कुरा आउँदै छ रे भनेर सोधेको थिए गभर्नर साबलाई । आज आएर क्रिप्टो हाइपर फण्ड त्यो पनि थाहा थिएन । डिजिटलबाट कताकता पैसा जाने केके विधि आएको छ रे भनेको थिएँ। विधि मलाई थाहा थिएन । त्यस्तो चुनौतीलाई हामी सामना गर्न तयार हुनुपर्छ । हाम्रो ध्यान त्यता जानुपर्छ । प्रविधिको विकास गर्नुपर्ने आवश्यकता छ ।

(शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा मन्त्री शर्माले बोलेको धारणाको अंश) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad