ad ad

कारोबार


जीवनसाथी खोजिदिने ‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी चलाउनुस्

जीवनसाथी खोजिदिने ‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी चलाउनुस्

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १६:३०, काठमाडौँ

नेपालीहरूलाई आफ्नो मिल्दो जीवनसाथी खोज्न बिहेनेपाल सार्वजनिक भएको छ। राव सफ्टवेयरले आधिकारिक रूपमा बिहेनेपाल एप सार्वजनिक गरेको हो। 

इन्जिनियरिङ अध्ययन दुई बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले बिहे नेपाल सार्वजनिक गरेका हुन्। 

एकल नेपालीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ बिहेनेपाल एप ल्याएको उनीहरुले जनाएका छन्।  

प्रविधिको बढ्दो प्रयोगले सबै किसिमका काम अनलाइन माध्यमबाट भइरहेको समयमा डेटिङ अनलाइन एपमार्फत सुरूवात भएको छ। राव इन्कर्पोरेटेडले बिहेनेपाल सार्वजनिक भएको छ।

बिहेनेपालकी को–फाउन्डर श्रद्धा कटुवालले नेपालको बिहे प्रचलन गर्नेलाई प्रविधिले सहज बनाउन बिहे नेपाल सार्वजनिक गरिएको बताइन्। 

बिहेनेपाल नोभेम्बर २०२१ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएकोमा बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो। 

बिहेनेपालको औपचारिक लञ्च गाइका तथा संगीतकार अभया सुब्बाले गरेकी हुन्। 

को–फाउन्डर श्रेया कटुवालले नेपालको जनसंख्यामध्ये करिब ४० प्रतिशत इन्टरनेट चलाउने बताउँदै अनलाइनमार्फत जीवन साथी खोज्ने धेरै रहेको बताइन्। 

बिहेनेपाल एप लगइन गर्न सामाजिक सञ्जालमार्फत प्रयोग गर्न सकिन्छ। कटुवालले बिहेनेपाल एप सुरक्षित र गोपनीयता राख्नसक्ने भएको दाबी गरेकी छिन्। 

एपमा लगइन गरेपछि उमेर, पेशा र थर देखिन्छ। आफूलाई राम्रो लाग्नेलाई फ्रेन्डसिपको रिक्वेस्ट पठाउन सकिन्छ। दोस्रो पक्षले एक्सेप्ट गरेपछि दुई जनाबीच कुराकानी गर्न सकिन्छ। विश्वभरका नेपालीले नै एप प्रयोग गरी आफ्नो जीवन साथी खोज्न सक्छन्। 

एपका हालसम्म ३ हजार प्रयोगकर्ता पुगिसकेको कम्पनीले जनाएको छ। कुनै व्यक्तिले एपको दुरुपयोग गरे रिपोर्ट गर्न सकिन्छ। जसलाई कम्पनीले फेरि सदस्य नबन्ने गरी ब्लक गर्नसक्छ। 

एपमा गोत्र, चिना समेत हिन्दू परम्पराअनुसार भर्न सकिने व्यवस्था गरिएको छ। 

बिहेनेपालमा सर्वसाधारणको लागि फ्रि रजिष्ट्रेसन रहेको छ भने भीआईपी क्लबलाई सदस्य बन्नको लागि ४९ हजार रुपैयाँ लाग्छ। जहाँ सबैको पहुँच हुँदैन।

आन्ट्रप्रेनर्स अर्गनाइजेसनले आयोजना गरेको जीएसईए नेपाल २०२२ मा बिहेनेपालले सेकेन्ड रनर अपको उपाधि हासिल गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .