ad ad

कारोबार


हात्ती ८ स्ट्रङ्ग बियरले सम्पन्न गर्यो ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज, बरालले जितिन् नगद १ लाख

हात्ती ८ स्ट्रङ्ग बियरले सम्पन्न गर्यो ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज, बरालले जितिन् नगद १ लाख

नेपालखबर
माघ १२, २०७८ बुधबार १६:५०, काठमाडौँ

हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम बीच ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरू घोषणा गरेको छ ।

उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘‘हात्ती मेरो साथी’को गीतमा नाचेर आश्विन १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए।

सर्वाधिक लाइक प्राप्त गरी पहिलो हुन सफल जानकी कुमारी बरालले नगद एक लाख, दोस्रो हुन सफल चन्द्र कुमारी फुयाल (हजुरआमा) ले नगद २५ हजार तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद १० हजारको साथै तीनै विजेताहरुले २ जनाको लागि २ रात/३ दिनको सौराहा भ्रमणको प्याकेज पाएका छन्। 

यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियोहरू ३० लाखभन्दा बढी पटक हेरिएको थियो।

हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ्ग बियर हो। 

३३० मिलिको सानो बोतलमा उपलब्ध यो बियरमा अल्कोहलको मात्रा आठ प्रतिशत छ। 

हात्ती ८ प्रिमियम स्ट्रङ्ग बियर युवा पुस्ताका बियर पारखीहरुमाझ अत्याधिक रुचाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .