ad ad

कारोबार


हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

नेपालखबर
पुस २७, २०७८ मंगलबार १७:३, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नयाँ शाखा खोलेको छ।

कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।   

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो। महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक श्री बैजनाथ प्रसाद कोइरीले बताए।

सो शाखासमेत हाल बैंकको  कुल  शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ  भने एटीएम संख्या १४८ र ५ हजारभन्दा बढी पीओएस टर्मीनल संख्या पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .