ad ad

कारोबार


लाजिम्पाटमा खुल्यो लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट

लाजिम्पाटमा खुल्यो लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट

नेपालखबर
पुस ४, २०७८ आइतबार ११:५३, काठमाडौँ

लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ। 

नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाडौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो। 

१२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोल्ने निर्णयमा पुगेका थिए युवा व्यवसायी प्रतिक गिरी। 

नौद थाई स्पा करिब २ वर्ष अगाडि खोलिए पनि कोरोना भाइरसको संक्रमणले सरकारले गरेको लकडाउन र सटडाउनका कारण समयसमयमा बन्द÷सुचारु भइरहेको थियो । 

काठमाण्डौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गिरी बताउँछन्। 

नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको निर्देशक गिरी बताउँछन्, जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ। 

नौद थाइ स्पाले सुरुवाती दिनदेखि नै आम ग्राहकको माया पाउन सफल रहेको छ। काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको मसाज नेपालमै उपलब्ध गराउन सकेमा १२ वर्ष बेलायतको अनुभवलाई न्याय मिल्ने गिरी बताउँछन्। 

नौद थाई स्पा काठमाडौं लगायत अन्य सहरका स्पा मसाज भन्दा भिन्न रहेको निर्देशक गिरीको दाबी छ। 

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरा र झम्सीखेल ललितपुरबाट निकटतम भविष्यमा सञ्चालन गर्ने निर्देशक गिरी बताउँछन्। 

नौद थाई स्पामा आएका ग्राहक दाहोरिएर आएको र यहाँको सेवा अन्तराष्ट्रियस्तरको रहेको पाइएको छ। स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ। 

साथै थाइ परिकारको अथेन्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ। यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याएको गिरी बताउँछन्। 

थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .