सानिमा बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन हुने भएको छ।
भुवन दाहालको कार्यकाल सकिएपछि बैंकको सञ्चालक समितिले निश्चलराज पाण्डेलाई सीईओ बनाउनेबारे छलफल गरेकाे हो।
तर उनको कार्यकाल भने माघ १२ गतेदेखि सुरु हुनेछ।
माघ ११ गते भुवन दाहालको दाेस्राे कार्यकाल सकिँदै छ। त्यसपछि पाण्डेलाई सीईओ बनाउने लगभग निश्चित रहेकाे एक सञ्चालकले जानकारी दिए।
पाण्डे यसअघि बैंकको तेस्रो पोजिसनमा काम गर्दै आएका थिए। उनी डेपुटी सीईओको भूमिकामा थिए। भुवन दाहालपछि सिनियर डेपुटीमा तेजबहादुर चन्द थिए।
513
Shares
प्रतिक्रिया