कारोबार


‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी

‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ८:४८,

सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्‍याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिए।

दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पुर्‍याउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad