ad ad

कारोबार


‘इनर्जी इफिसेन्सी’को लागि काम गर्न कुलमान घिसिङको जोड

‘इनर्जी इफिसेन्सी’को लागि काम गर्न कुलमान घिसिङको जोड

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ८:३७,

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायलाई आग्रह गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न बैंकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराएका हुन्।

आइतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उनले निजी क्षेत्रले पनि इनर्जी इफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ। कार्यकारी निर्देशक घिसिङले ३ वर्ष भित्र देशभर विद्युत पु¥याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि बताए।

उनले वैकल्पिक ऊर्जामा दिइने अनुदान व्यक्तिगतभन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .