कारोबार


राष्ट्र बैंकको ऐन, नियममा छिद्र नखोज्न बैंकहरूलाई गभर्नर अधिकारीको सुझाव

राष्ट्र बैंकको ऐन, नियममा छिद्र नखोज्न बैंकहरूलाई गभर्नर अधिकारीको सुझाव

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १८:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर आफू खुशी हुने काम नगर्न बैंकहरुलाई सचेत गराएका छन्।

मंगलवार काठमाडौंमा नेपाल बैंकर संघको अधिवेशनमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफू खुशी काम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन्।

उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरुले त्यसरी काम गरे वित्तीय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराएका छन्।

बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गरे।

बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गभर्नर अधिकारीले बैंकहरू प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad