कारोबार


मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीलाई आकर्षक अफर

नेपालखबर
असार ५, २०७६ बिहिबार १२:५३,

 मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ।

बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको बैंकले जनाएको छ।

योजनाअन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जालभित्र रहेको कुनै पनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरी भुक्तानी लिनुपर्नेछ। किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन्।

mega bank

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ। नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो।

यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ। यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न मेगा बैंकले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad