कारोबार


खुल्यो डीभीको आवेदन

खुल्यो डीभीको आवेदन

नेपालखबर
असोज २१, २०७८ बिहिबार ११:४६, काठमाडौँ

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ। 

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय बुधबार राति ९:४५ बजे देखि आवेदन खुला भएको हो। डीभीको आवेदन कात्तिक २३ गते बन्द हुने जानकारी पनि दूतावासले दिएको छ। 

डीभीको आवेदन  www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिन्छ।​

डीभी आवेदन दिन कुनै शुल्क लाग्ने छैन। डीभी चिट्ठा भर्न परिवारका सदस्य, साथी वा जानकार व्यक्तिको सहयोग लिन तर कुनै कन्सल्टेन्टकहाँ नजान सुझाव पनि दूतावासले दिएको छ। 

दूतावासका अनुसार डीभी भर्दा परिवारका सबै सदस्यको स्पष्ट विवरण राख्नुपर्नेछ भने एउटाभन्दा बढी आवेदन दिने व्यक्ति अयोग्य ठहरिनेछ। 

डीभी आवेदन दिँदा ६ महिनाभित्र खिचिएको फोटो मात्र प्रयोग गर्न पाइनेछ। अनलाइनमा उल्लिखित फोटोसम्बन्धी नियम पालना गर्नुपर्नेछ।

यस्तै मुख्य आवेदकको वैध, म्याद नसकिएको राहदानीको विवरण आवेदनमा राख्नुपर्नेछ। डीभी भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ। किनकि पछि यही नम्बरबाट आफूलाई चिट्ठा पर्यो’परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर गोप्य राख्न दूतावासले सचेत गराएको छ। 

डीभीमा आफ्नो नाम छनोट भए नभएको थाहा पाउन २०७९ वैशाख २५ गतेदेखि  www.dvlottery.state.gov मा आफ्नो कन्फर्मेसन नम्बर हाल्नुपर्छ। 

डीभीको आवेदन भर्दा इमेल ठेगाना राख्नुपर्ने भए पनि आफू छनोट भएको खबर यसमा आउँदैन। 

५५ हजार विदेशीलाई भिसाका लागि छनोट गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .