कारोबार


तिहार इन्धन अभाव नहुने, बिदामा पनि निगमले डिपो खुला राख्ने

तिहार इन्धन अभाव  नहुने, बिदामा पनि निगमले डिपो खुला राख्ने

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ११:४२,

नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ।

चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ। उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए। अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्दछ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारकका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए। थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ। निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ। बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad