कारोबार


माग बढ्दाबढ्दै अमेरिकामा किन घट्यो नयाँ कार बिक्री?

माग बढ्दाबढ्दै अमेरिकामा किन घट्यो नयाँ कार बिक्री?

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०७८ आइतबार १५:१४, काठमाडौँ

अमेरिकामा पछिल्लो तीन महिनामा नयाँ कार बिक्री ह्वात्तै घटेको छ ।

सीएनएनका अनुसार बजारमा माग बढ्दा समेत कार बिक्री घटेको बताइएको छ । यसको प्रमुख कारण भने कम्प्युटर चिप्स र अन्य आपूर्ति प्रणालीगत समस्यालाई लिइएको छ ।

अटो फ्याक्ट्री बन्द हुँदा सवारीसाधन आपूर्तिमा समस्या निम्त्याएको थियो । जनरल मोटर्सले निरन्तर बिक्री घटेको बताइरहेको छ । त्यस्तै फियाट क्राइस्लर र फ्रान्सको पीएसए ग्रुपबीचको मर्जरपछि बनेको स्टेलान्टिसको पनि वर्षगत तुलनामा १९ प्रतिशतले कार बिक्री घटेको छ । महामारीअघिको बिक्रीसँग तुलना गर्दा यस्तो दर २७ प्रतिशत छ ।

यता टोयोटा र लेक्सस बिक्री गर्ने टोयोटा मोटरको तेस्रो त्रैमासिक बिक्री १।४ प्रतिशतले बढे पनि तीन महिनाको कुल बिक्री सेप्टेम्बरमा २२ प्रतिशतले घटेको बताइएको छ । अन्य कम्पनीको तुलनामा टोयोटाको सप्लाई चेनमा खासै धेरै समस्या नआएको उल्लेख गरिएको छ । सबैजसो कम्पनीले सेमिकन्डक्टर आपूर्तिमा आएको समस्यालाई बिक्री घट्नुको कारण औँल्याएका छन् ।

सवारीसाधनको अभावले नयाँ र प्रयोग भइसकेका कारहरुको मूल्य यो वर्ष उच्च हुनपुगेको बताइएको छ । कम्प्युटर चिपको अभाव सबैभन्दा ठूलो समस्या भएको बताइएको छ । जीएमले यही वर्षको अन्तिम तीन महिनामा यसमा सुधार हुने अपेक्षा गरेको छ । यही वर्षको सुरुतिर अटोमेकरले अब यसमा सुधार हुने अपेक्षा गरेका थिए । जीएमले त उत्तर अमेरिकी प्लान्टहरुमा अस्थायी रुपमा उत्पादन नै कटौती गर्नुपरेको थियो ।

महामारी सुरु भएको केही हप्तामै चिप्स अभाव देखिनथालेको थियो । यही वर्षको मध्यतिर अटोमेकरहरुले चिप्स आपूर्ति बढ्ने अनुमान गरेका थिए । तर यही बेला चिप्स बन्ने देशहरुमा कोरोना बौरियो । यसले गर्दा पनि फेरि चिप्स प्लान्ट बन्द हुनपुगे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad