कारोबार


सेलपे सेवाको स्टल एक्टिभेसन सुरु

सेलपे सेवाको स्टल एक्टिभेसन सुरु

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ९:५१,

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाको अनुमति पाएको सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ। यो एक्टिभेसन कार्यक्रम सिभिल मलमा आज र लबिम मलमा शनिबार १० बजेदेखि ५ बजेसम्म हुने जनाएको छ।

यसको मूल उद्देश्य ग्राहकहरुसँग अन्तर्कि्रया बढाउन र सेलपे एपको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको कम्पनीले जनाएको छ। एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणीकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भएपश्चात् सय रुपैयाँको फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। कम्पनीका अनुसार सेलपेबाट विना वालेट कारोबार गर्न सकिने, वास्तविक समयमा भुक्तानी चौबीसै घण्टा उपलब्ध, चलाउनका लागि सरल र सहज, सुरक्षित, न्यून सेवाशुल्क, कारोबार गरेबापत लोयल्टी पोइन्ट्सजस्ता सुविधा उपयोग गर्न सकिने बताइएको छ।

सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिन्छ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .