ad ad

कारोबार


इसेवाको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

इसेवाको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

नेपालखबर
असोज ५, २०७८ मंगलबार १५:५६, काठमाडौँ

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार यस योजना अन्तरगत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन्। 

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउनुपर्ने कम्पनीले जनाएको छ। 

यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सक्नेछन्। 

यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सक्नेछन्। यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने छ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। 

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .