ad ad

कारोबार


आइफोन–१३ का ४ मोडल सार्वजनिक, आधा घण्टा पानीमा डुब्दा पनि केही नहुने, यस्ता छन् सुविधा

आइफोन–१३ का ४ मोडल सार्वजनिक, आधा घण्टा पानीमा डुब्दा पनि केही नहुने, यस्ता छन् सुविधा

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ७:३३, काठमाडौँ

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा माेडल सार्वजनिक गरेकाे हाे। 

पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ। यसमा आइफोन–१३ सिरिजसँगै इन्ट्री लेबल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ समावेश छन्।

कम्पनीले आइफोन-१३ का ४ मोडल– आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स बनाएकाे हाे। 

आइफोन-१३ मिनीमा ५.४ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले, रिजोलुसन २३४०x१०८० पिक्सल र डेन्सिटी ४७५पीपीआई छन्। यस्तै आइफोन-१३ मा ६.१ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले छ भने २५३२ x११७० पिक्सल र डेन्सिटी ४७६पीपीई रिजोलुसन छन्। 

यो डिस्प्लेले एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्छ। यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ। यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ। दुवैमा एल्मुनियम डिजाइन छ। दुवै मोडल प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा पाइनेछन्। यसका डिस्प्ले सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाले बनाइएका छन्। 

दुवै मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबी क्षमता छ। आइफोन-१३ मिनीको तौल १४१ ग्राम र आइफोन-१३ को तौल १७४ ग्राम छ। दुवै फोन वाटरप्रुफ अर्थात् ६ मिटरसम्म पानीमा डुब्दा पनि ३० मिनेटसम्म केही हुँदैन। राम्रोसँग काम गर्छ। 

दुवै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ। जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ। ​

फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्टजस्ता सुविधा छन्। ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डिप फ्युजन स्मार्ट एचडीआर–४, लाइभ फोटोको मोड पनि छ।

यसमा लिथियम आयन ब्याट्री छ। ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिने एप्पल कम्पनीले जनाएको छ। 

आइफोन-१३ मिनीमा १७ घन्टाको भिडिओ प्लेब्याक, १३ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडिओ प्लेब्याकको सुविधा छन्। 

यस्तै आइफोन-१३ मा १९ घन्टाको भिडिओ प्लेब्याक, १५ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडिओ प्लेब्याक सुविधा छन्। 

आइफोन-१३ प्रो, आइफोन-१३ प्रो म्याक्स र आइफोन-१३ प्रोमा ६.१ इन्चका सुपर रेटिनासहित अन्य विभिन्न सुविधा छन्। दुवै मोडलमा १२ मेहापिक्सलको ट्रिपल रियर क्यामरा छ। टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ।

कति महँगो? 
आइफोन-१३ मिनीलाई ६९९ डलर (नेपाली रुपैयाँ ८२ हजारभन्दा बढी) देखि ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) सम्म पर्छ।

आइफोन-१३ लाई ७९९ डलर (नेपाली रुपैयाँ ९४ हजारभन्दा बढी) देखि १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) सम्म पर्छ।

आइफोन-१३ प्रोलाई ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) देखि १४९९ डलर (नेपाली रुपैयाँ १ लाख ७६ हजारभन्दा बढी) सम्म पर्छ।

 र, आइफोन-१३ प्रो म्याक्सलाई १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) देखि १५९९ डलर (नेपाली रुपैयाँ १ लाख ८८ हजारभन्दा बढी) सम्म पर्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .