ad ad

कारोबार


भारत जानेलाई नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’

भारत जानेलाई नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १०:२०,

नेपाल टेलिकमले यही १ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ। डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन्।

दैनिक प्याकअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ। यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याकअन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ।

कसरी लिने सुविधा?
डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट स्टार१४१५ह्याक्स डायल गरी वा नेपाल टेलिकम मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्ने टेलिकमले जनाएको छ। पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ ।

खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकम एपमार्फत अथवा यूएसएसडी कोड ‘स्टार१४१५ह्याक्स’ डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

उक्त प्याकहरु मोबाइल एपमार्फत तथा ‘स्टार१४१५ह्याक्स’ डायल गरी इन्टरनेशनल सर्भिस मेनुभित्र गई प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिन्छ। साथै एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिन्छ । दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः आईएनडीआरएम१डी, आईएनडीआरएम७डी र आईएनडीआरएम२८डी लेखी १४१५ मा एसएमएस पठाउनुपर्छ।

कम्पनीले गत भदौ २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो। हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .