सानिमा बैंकले ‘सानिमा दीर्घायु बचत योजना’ अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।
बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बीमाको रकम तनमाया घर्ती पुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे।
मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए।
सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजारसम्मको स्वास्थ बीमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटीएम संचालनमा रहेका छन्।
Shares

प्रतिक्रिया