ad ad

कारोबार


५० मेगावाटको मेवा खोला हाइड्रोमा ७ बैंकको ७ अर्ब लगानी, ३ वर्षभित्र सक्ने लक्ष्य

५० मेगावाटको मेवा खोला हाइड्रोमा ७ बैंकको ७ अर्ब लगानी, ३ वर्षभित्र सक्ने लक्ष्य

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १३:२,

प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गा.वि.स. (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने ५० मेगावाटको मेवा खोला जलविद्युत् आयोजनामा सात बैंकबाट सात अर्ब लगानी जुटेको छ। 

युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेकोे उक्त जलविद्युत् आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाइमा कुमारी बैंक लि., मेगा बैंक नेपाल लि., नेपाल इन्फ्रास्ट्रचर बैंक लि., सिद्धार्थ बैंक लि., नेपाल एसबीआई बैंक लि. र सिभिल बैँक लि.सहित ७ बैँकहरुले सात अर्ब लगानी गर्ने सम्झौता भएको हो। 

सात सय करोड रुपैयाँमा ६ सय ७५ करोड आवधिक कर्जा र २५ करोड चालू पुँजी कर्जा ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरुबीच बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको हो।

परियोजनाको अनुमानित लागत करिब ९ अर्ब छ। 

बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन्। यसमध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब नेपाल एसबीआई बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब र सिभिल बैंकबाट ५० करोड लगानी हुनेछ। २५ प्रतिशत स्वपुँजी रकम भने प्रवर्द्धकहरुबाट जुटाइनेछ।

आयोजनाको निर्माण आगामी तीन वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ। यसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा पुगेको छ। 

निर्माणसम्पन्न भएपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ। 

आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र वर्षामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .