ad ad

कारोबार


एनआईसी एशिया बैंकद्वारा सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने विजेतालाई आकर्षक उपहार

एनआईसी एशिया बैंकद्वारा सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने विजेतालाई आकर्षक उपहार

नेपालखबर
साउन ५, २०७८ मंगलबार १६:५१,

एनआईसी एशिया बैंकमा सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन्।

बैंकले ग्राहकलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको ‘ अनलाइन एकाउन्ट ओपेनिङ च्यालेन्ज’ प्रतियोगिता अन्तर्गत सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन्। 

बैंकको नियमअनुसार योग्य सहभागीहरू बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि सबमिटेड सम्मको प्रकृया देखिने गरी स्क्रिनसर्ट सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा ‘च्यालेन्ज एसेप्टेड’ लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनसर्ट पोष्ट गर्ने, उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा  ‘ह्याच  घरबाटै अनलाइनखाता’ तथा ‘ह्याचएनआईसीएशियाबैंक’ उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने र बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गरेपश्चात् प्रतियोगितामा सहभागी भएका थिए।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन्। जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन्।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जिते।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट सो प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढी ग्राहकले खाता खोलेकोमा १५८ जना ग्राहक मात्रै सो प्रतियोगितामा सहभागी जनाएका थिए। जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलतापूर्वक अनलाइन खाता खोलेका थिए।

प्रतियोगिताका सम्पूर्ण विजेताले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। 


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .