ad ad

कारोबार


वायु सेवा निगमका कर्मचारीको आन्दोलन जारी, विभिन्न ट्रेड युनियनद्वारा ऐक्यवद्धता

वायु सेवा निगमका कर्मचारीको आन्दोलन जारी, विभिन्न ट्रेड युनियनद्वारा ऐक्यवद्धता

फाइल फाेटाे


नेपालखबर
असार २८, २०७८ सोमबार १६:२९,

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरूलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन्।

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरू निरन्तर आन्दोलित छन्। निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजीनामा माग गर्दै वायु सेवा निगममा क्रियाशील ट्रेड युनियनहरु आन्दोलित छन्।

आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले ऐक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन्।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताए। वायु सेवा निगमका कर्मचारीको आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको उनले बताए।

त्यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रवन्धक नियुक्त गर्ने पार्टी संयन्त्रका विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औँल्याए। उनले अँध्यारो कोठामा बसेर दिइने नियुक्ति लिएका मानिसहरुले देश र जनताप्रति जिम्मेवार नहुने पनि बताए। उनले निगमका कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाए।

निगमलाई निजीकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरूले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .