ad ad

कारोबार


निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी

निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी

तस्बिर : रासस


नेपालखबर
असार २३, २०७८ बुधबार २१:१४,

नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्।

बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएको हो।

त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ। सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालाहरुसँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो।

निगममा रहेको तीनवटै ट्रेड युनियनहरुले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरुमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरुलाई घाइते बनाएको प्रति पनि संयुक्त ट्रेड युनियनले भर्त्सना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताए।

निगमको महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको सम्पतिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखि सिमित व्यक्तिको माग पुरा गर्ने राष्ट्रघाती कदम चालिएकाले पौडेलको राजीनामा माग्नुपरेको महासचिव लम्सालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .