ad ad

कारोबार


वित्तीय साक्षरता कार्यक्रमका लागि आईएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

वित्तीय साक्षरता कार्यक्रमका लागि आईएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

नेपालखबर
असार २३, २०७८ बुधबार १७:१५,

वित्तीय साक्षरता कार्यक्रमका लागि आईएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ वटै जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ।

सम्झौता पत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन्।

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे।

प्रवन्ध निर्देशक माधव निर्दोषले आईएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। आईएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताए।

भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आईएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ। 

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .