कारोबार


आरबीबी म्युचुअल फन्ड असार २३ गतेदेखि खुल्ला हुने

आरबीबी म्युचुअल फन्ड असार २३ गतेदेखि खुल्ला हुने

नेपालखबर
असार २२, २०७८ मंगलबार ११:२७,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आरबीबी म्युचुअल फन्डअन्तर्गत एक अर्ब रुपैयाँ (दश करोड इकाइ) को आरबीबी म्युचुअल फन्ड–१ यही असार २३ गते बुधबारदेखि बिक्री खुल्ला गर्न लागेको छ। 

यस योजनाको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

यो एक बन्दमुखी योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ। 

कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाइ रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बीउपुँजीको रुपमा लगानी गर्नेछ। 

प्रतिइकाइ मूल्य १० रुपैयाँ रहेको म्युचुअल फन्डमा अधिकतम एक करोड इकाइ संख्यासम्म लगानी गर्न सकिनेछ।

इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले यस योजनाको इकाइहरु निष्काशन गर्न लागिएको हो।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। 

मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयर डट सीडीएससी डट कम डट एनपीमा गई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फन्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad