प्रवास


नेपाली दूतावास जर्मनीका कार्यवाहक राजदूत नेपाल फर्कँदै, वाग्ले आउँदै

नेपाली दूतावास जर्मनीका कार्यवाहक राजदूत नेपाल फर्कँदै, वाग्ले आउँदै

सागरप्रसाद फुयाल (बायाँ) र नारायणप्रसाद वाग्ले


शेरबहादुर परियार
साउन ११, २०८३ सोमबार १९:५, मध्य युरोप

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल नेपाल फर्किँदै छन्।

२ अगस्ट २०२२ २ मा बर्लिनस्थित नेपाली दूतावासमा नियोग उपप्रमुखको रूपमा आएका फुयाल ४ वर्षे कार्यकाल सम्पन्न गरी सोमबार नेपाल फर्कने भएका हुन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन राजदूत डा. शैल  रुपाखेतीलाई फिर्ता बोलाएपछि ५ नोभेम्बर २०२५ बाट उनले करिब ९ महिना कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका थिए।

आफ्नो जिम्मेवारी पूरा गरेर आज नेपाल फर्कन लागेको बर्लिन विमानस्थलबाट फुयालले टेलिफोन सम्पर्कमा बताए।

‘राजदूतावासको कार्यक्षेत्रमा पर्ने मुलुकहरूमा रहेका नेपाली समुदायसँग नजिक भई काम गर्ने अवसर र सहयोग पाइयो, सबैलाई धन्यवाद छ,’ फुयालले नेपालखबरसँग भने, ‘अब आउने नयाँ पदाधिकारीलाई पनि मलाई जस्तै नेपाली समुदायको सहयोग हुने अपेक्षा छ।’

परराष्ट्र मन्त्रालयका अनुसार फुयालको स्थानमा नारायणप्रसाद वाग्ले जर्मनीको नेपाली दूतावासको नियोग उपप्रमुखको रूपमा आउने भएका छन्।

परराष्ट्र मन्त्रालयमा कार्यरत उपसचिव वाग्ले चाँडै कार्यभार सम्हाल्न जर्मनी प्रस्थान गर्ने तयारीमा रहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार उपसचिव वाग्ले केही दिनमा जर्मनी प्रस्थान गर्नेछन्। उपसचिव वाग्लेले नयाँ राजदूत नियुक्त नहुन्जेलसम्म कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हाल्ने प्रवक्ता क्षेत्रीले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad