परराष्ट्र मन्त्री डा. नारायण खड्काले गैरआवासीय नेपालीलाई मातृभूमिको अर्थतन्त्रलाई टेवा पुर्याउन आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा भएको गैरआवासीय नेपाली संघले नागरिकता, मताधिकार लगानी तथा वैदेशिक रोजगारसम्बन्धी गरेको सेमिनारमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाललाई अफ्ठ्यारो परेको बेला एनआरएनएले दिएको साथको उनले प्रशंसा गरे।
पहिलो प्राथमिकता आर्थिक विकास नै भएको बताउँदै उनले पर्यटन विकाससँगै नेपालको निर्यात प्रवर्द्धनमा पनि सहयोग पुर्याउन आग्रह गरेका छन्।
30
Shares
प्रतिक्रिया