ad ad

प्रवास


एनआरएनएद्वारा महाधिवेशनपूर्व संरक्षक परिषद विघटन

एनआरएनएद्वारा महाधिवेशनपूर्व संरक्षक परिषद विघटन

नेपालखबर
फागुन १९, २०७८ बिहिबार १६:२५, काठमाडौँ

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले हालको संरक्षक परिषद्लाई विघटन गरेको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले निर्वाचन अनुगमन गर्न एक समिति गठन गरि संरक्षक परिषद्लाई विघटन गरेको हो।

एनआरएनएले पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौंमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गरेको छ।

संघको बैठकबाट पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइएको छ।

उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७।७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ बताइएको छ।

यस्तै, नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ। संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .