ad ad

प्रवास


नेपालीमूलका श्रेष्ठ अमेरिकी राज्यमा आर टीएम पदमा निर्वाचित

नेपालीमूलका श्रेष्ठ अमेरिकी राज्यमा आर टीएम पदमा निर्वाचित

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १३:२०, काठमाडौँ

नेपालीमूलका रामचन्द्र श्रेष्ठ कनेक्टिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आर टीएम पदमा निर्वाचित भएका छन्। 

मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका थिए। 

सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए। 

रेष्टुरेष्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन्। 

४ वर्षअघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मुलका सबैको जित भएको बताए। 

भूगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा आफू सदस्यका रुपमा निर्वाचित भएको जानकारी दिए। 

५३ वर्षीय श्रेष्ठले आफ्नो कार्यकालमा सहरलाई अझै विकसित कसरी बनाउने, कर प्रणालीमा सुधार गर्ने विद्यालयको प्रणालीलाई सुधार गर्ने विषयमा केन्द्रित हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .