ad ad

प्रवास


युगान्डामा मृत्य भएका खड्गीका परिवारलाई तीन लाख दश हजार सहयोग

युगान्डामा मृत्य भएका खड्गीका परिवारलाई तीन लाख दश हजार सहयोग

नेपालखबर
साउन १५, २०७८ शुक्रबार १३:१५,

गैरआवासीय नेपाली संघ अफ्रिकाले कोरोना संक्रमणबाट युगान्डाको कम्पालामा निधन भएका तनहुँका हिराबहादुर खड्गीका परिवारलाई तीन लाख १० हजार रुपैयाँ सहयोग गरेको छ। एनआरएनए अफ्रिकाका निवर्तमान क्षेत्रीय संयोजक सुनिल कार्कीले खडगीको परिवारलाई शुक्रबार रकम हस्तान्तरण गरेका छन्। 

भानुभक्त नगरपालिका-६ सिमपानीका ४७ वर्षीय खड्गीको गत असार २९ गते युगान्डाको कम्पाला निधन भएको थियो। अफ्रिकास्थित एनआरएनहरुले रकम जुटाएर हस्तान्तरण गरेका हुन्। 

कोभिडले अफ्रिकामा मृत्य हुने खड्गी छैटौँ नेपाली हुन्।  एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघिपनि अफ्रिकामा कोरोनाबाट ज्यान गुमाएका नेपालीका परिवारलाई सहयोग गर्दै आएको छ । अफ्ठ्यारोमा परेका नेपालीलाई सहयोगका एनआरएनए अफ्रिकाले कोष स्थापना गरेको छ । 

कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई  खानपिन र औषधोपचारमा सहयोग, नेपाल फिर्तीको ब्यवस्था लगायत काम अफ्रिकाकास्थित नेपालीहरुबाट सहयोग जुटाइरहेको कोषका संयोजक हिक्मत थापाले बताए ।

एनआरएनए अफ्रिकाले  केही महिना अघिमात्र नेपालका १४  दुर्गम जिल्लाका ३५ अस्पताल र स्वास्थ्य केन्द्रहरुमा  करिब ६० लाख बराबरको अक्सिजन सिलिन्डरहरु तत्काल पुर्‍याइ नेपालमा अफ्रिकाका एनआरएनहरुले सहयोग गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .