अपराध


ट्रकमा गाँजा भेटिएपछि चालक र सहचालक पक्राउ

ट्रकमा गाँजा भेटिएपछि चालक र सहचालक पक्राउ

गाँजा र ट्रकसहित सशस्त्र प्रहरीको नियन्त्रणमा चालक र सहचालक


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:२, सुनसरी

कोशी राजमर्गअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–१३, शिवधाराबाट सशस्त्र प्रहरीले गाँजा बोकेको ट्रकसहित २ जनालाई पक्राउ गरेको छ। 

धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा लाँदै गरिएको २ सय २७ किलो ४ सय ग्राम गाँजासहित चालक र सहचालकलाई बुधबार राति साढे १ बजे पक्राउ गरिएको हो।  

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस (धरान) ले ट्रकमा ८ पोका गाँजा फेला परेपछि चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ वर्षीय चूडामणि कटुवाललाई नियन्त्रणमा लिएको हो। 

उनीहरूको साथबाट ६० हजार रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र पनि बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।  

कारबाहीका लागि ट्रक, गाँजा र बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय (धरान) मा बुझाइएको छ। 
        

                                                                    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .