काठमाडौँ महानगरपालिका-२७, जमलमा एसएलआरको गोली फेला परेको छ।
जमलस्थित नाचघर अगाडि नालीमा एसएलआरको लाइभ राउन्ड ६, चाचर २ पिस र एसएलआरकै डमी २ राउन्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ।
यी गोली जेनजी आन्दोलनमा प्रहरीबाटै लुटिएको आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।
84
Shares

प्रतिक्रिया