ad ad

अपराध


बेलायत पठाइदिने बहानामा ११ लाख २० हजार ठगी

बेलायत पठाइदिने बहानामा ११ लाख २० हजार ठगी

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १९:५, काठमाडौँ

बेलायत पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेत रहेका छन्।

काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभन देखाइ नगद ११ लाख २० हजार रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ।

उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ। 

काठमाडौं पुतलीसडकबाट पक्राउ परेका बस्नेत उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .