ad ad

अपराध


१२ थान अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

१२ थान अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १५:३५, काठमाडौँ

प्रहरीले अवैध रुपमा बेच्न ल्याइएको १२ थान मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित जालन्धर नगर, सैदाँ गेट घर भइ हाल काठमाडौंको गौशाला बस्ने संदीप अहुजा रहेका छन्।

अहुजाले भारतबाट भन्सार छलि चोरी पैठारी गरी मोबाइल ल्याएर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा उनलाई फेला पारी कोठा खानतलासी गर्दा १२ थान मोबाइल फेला पारेको थियो। 

बिक्री वितरण गर्ने उदेश्यले भन्सार छलि चोरी पैठारी गरी ल्याइएको सो मोबाइलसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .