ad ad

अपराध


९० लाख ठगी गरेको आरोपमा महिला पक्राउ

९० लाख ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
साउन १७, २०७९ मंगलबार १७:९, काठमाडौँ

बैंकिङ कसुर मुद्दा अन्तर्गत ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेकी छन्

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार ललितपुरको बङ्गलामुखीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। 

साथै बस्नेतले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जीसमेत जारी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .