ad ad

अपराध


चोरीको मोटरसाइकल र स्कुटरसहित एक जना पक्राउ

चोरीको मोटरसाइकल र स्कुटरसहित एक जना पक्राउ

नेपालखबर
साउन ४, २०७९ बुधबार १८:२२, काठमाडौँ

मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकल र स्कुटरसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। 

हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चाबहिल सडक खण्डबाट चुच्चेपाटी बस्ने वर्ष ४० को सन्तोष चालिसेलाई नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर परिवर्तन गरी बा ४४ प ४७५९ नम्बरको कालो रातो प्लेजर स्कुटर चलाई रहेको अवस्थामा चालिसेलाई स्कुटरसहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिइन्।

उक्त स्कुटरको वास्तविक नम्बर बा ४३ प ५४७७ रहेको खुल्न आएको छ। सो स्कुटर चाबहिल स्थित हेल्पिङ ह्याण्डस अस्पताल नजिकबाट  हराएको भनी रन्जिता महर्जनले ट्राफिक कार्यालयमा निवेदन दिएकी थिइन्। 

त्यसै गरी थप अनुसन्धानको सिलसिलामा सोधपुछ गर्दा उनले काठमाडौँ गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण स्थित सडक छेउमा लुकाई छिपाई राखेको  बा ६५ प १२५८ नम्बरको स्प्लेण्डर मोटरसाइकल फेला परेको  छ।

सो मोटरसाइकल चाबहिल के एल टावरबाट विवेक महर्जनको हराएको खुल्न आएको छ।

उक्त मोटरसाइकल र स्कुरटसहित क्राउ गरिएका व्यक्तिलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .