अपराध


न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ लिएर फरार महिला पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ लिएर फरार महिला पक्राउ

नेपालखबर
असार २२, २०७९ बुधबार १३:३, काठमाडौँ

९ जना युवालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक निदेश कुमार आचार्यले जानकारी दिए। 

उनले सिन्धुलीको दुधौली १ का नारायण बोगटीलगायत ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ। ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो। 

मंगलबार साँझ उनलाई कपनको निलो पुलबाट पक्राउ गरिएको एसपी आचार्यले बताए। प्रहरीले पक्राउ परेकी पौडेललाई वैदेशिक रोजगार विभागमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad