अटोखबर

Tata MotorsTata Motors

सुजुकीको इग्निस एसयूभी सार्वजनिक, यस्तो छ ३ भेरिएन्टको मूल्य


नेपालखबर
काठमाडौं, माघ २७

प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ।

न्यू इग्निसले शानदार अग्रभागयुक्त एसयुभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ। यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन्।

दमदार डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयुभी बनाएको छ। यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हो।

न्यू इग्निसमा १.२ लिटर बीएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी ड्राइभिङ अनुभूति प्रदान गर्दछ। 

पूरै नयाँ बाहिरी भाग
न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयुभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ। अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिरस्वरुप दिएको छ।

उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन्। भव्य डिआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ।

Bidhlabmobile bidhlab

फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)
न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ। ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ। सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ। न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ।

इन्जिन तथा ट्रान्समिसन
न्यू इग्निसमा बीएस६ कम्प्लायन्ट १.२ लिटर भीभीटी पेट्रोल इन्जिन छ, जसले जोसिलो कार्यसम्पादन सुनिश्चित गर्दछ। यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी पूर्ण रुपमा सुधार गरिएको इन्जिन हो।

सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ। नयाँ इग्निसमा सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ। हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ।

यस्तो छ मूल्य
यो गाडीका तीन भेरिएन्ट छन्। इग्निस डेल्टाको मूल्य ३१ लाख ४९ हजार रुपैयाँ रहेको छ। त्यस्तै इग्निस जेटाको ३४ लाख ४९ हजार र इग्निस अल्फाको ३७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यी गाडीको लम्बाई ३७ सय एमएम, चौडाइ १६ सय ९० एमएम, उचाइ १५ सय ९५ एमएम, ह्विलबेस २४ सय ३५ एमएम, बुट स्पेस २६० लिटर रहेको छ।

११ सय ९७ सीसीको इन्जिन क्षमता रहेको गाडीले ६ हजार आरपीएममा ८४ पीएस म्याक्स पावर, ४४ सय आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ।

माघ २७, २०७७, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors