ad ad

कार


नयाँ होण्डा सीआर–भी कार नेपालमा

नयाँ होण्डा सीआर–भी कार नेपालमा

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ८:५३,

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नयाँ आईडीटीईसी इन्जिनयुक्त नयाँ होण्डा सीआर–भी २०२० लाई नेपाली बजारमा लन्च गरेको छ।

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट”को ग्राण्ड कन्सेप्टमा निर्मित पाँचौँ जेनरेसनको यस होण्डा सीआर–भी २०२०मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यानआकर्षण गर्ने कम्पनीले जनाएको छ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलईडी हेड ल्याम्प्स, इनलाइन एलईडी फगल्याम्पस, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै सात जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ।

९ स्पिड सीभीटीसहितको १.६ आईडीटीईसी टर्बो इन्जिनयुक्त र अफ रोडिङ्ग अनि सिटी ड्राइभ दुवैका लागिपावर र पर्फमेन्सयुक्त होण्डा सीआर–भि ले नेपाली रोडहरुमा असली एसयूभीको आनन्द दिने कम्पनीले जनाएको छ ।

सीआर–भी२०२० डिजेलमा मात्र उपलब्ध रहेको छ। डिजेलको १ करोड ४३ लाख ९० हजार रुपैयाँ मूल्य राखिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .